जाजरकोट, २६ मंसिर । जाजरकोटमा साेमवार दिउँसाे जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएकाे छ ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं.३ जेवाबाट वडा नं.४ को लेवा जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएकाे स्थानीय रेशम खड्काले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।






