जापान, २४ असार । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेमाथि गोली प्रहार भएको छ ।
नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
घटनास्थलमा रहेका एनएचकेका संवाददाताले आफूले गोली चलेको आवाज सुनेको र पूर्व प्रधानमन्त्री आवेको शरीर रगतले लतपतिएको देखेको बताएका खबरमा उल्लेख छ । सडकमा ढलेका आवेलाई अस्पताल लगिएको छ ।