Logo

जापानका लागि उडेको निगमको जहाजमा धुवाँ देखिएपछि…



काठमाडौँ, २९ भदौ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएको छ ।

१ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाण्डौ फर्केको र प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुन: उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्