न्युजिल्यान्ड, २६ साउन । जापानलाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
शुक्रवार न्युजिल्यान्डको इडेन पार्कमा भएको क्वाटरफाइनल खेलमा सन् २०११ को च्याम्पियन जापानलाई २-१ गोलले हराउँदै स्विडेन सेमिफाइनलमा पुगेको हो ।
स्विडेनका लागि अमन्दा इलेस्टेड र फिलिपा एन्जेलडलले गोल गरिन् । जापानका लागि होनोका हयाशीले १ गोल फर्काइन् । जापानले खेलको ७५ औँ मिनेटमा पेनाल्टी पाए पनि गोल गर्न सकेन ।