Logo

जापानी समुद्री क्षेत्रमा उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल प्रहार



उत्तर कोरिया, १६ पुस । उत्तर कोरियाले जापानी समुद्री क्षेत्रमा तीन वटा शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

राजधानी प्योङयाङबाट यी ब्यालेस्टिक मिसाइल प्रहार भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

जापानले दुई शंकास्पद मिसाइल कोरियाको पेनिनसुलास्थित पूर्वी तटीय क्षेत्रमा खसेको बताएको छ ।

अमेरिकी समाचार संस्था सीएनएनले उत्तर कोरियाले छोटो दूरीका शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उल्लेख गरेको छ ।

उत्तर कोरियाले यो वर्षमात्रै ३७ वटा ब्यालेस्टिक मिसाइल जापानी सामुद्रिक क्षेत्रमा प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्