Logo

जापान भ्रमण निकै उपलब्धिमूलक भयो: प्रचण्ड



काठमाडौँ, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जापान भ्रमण निकै उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

पाँच दिने भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण उपलब्धिमूलक रहेको र नेपाल-जापानको दुई पक्षीय सम्बन्ध विस्तार गर्ने हिसाबले भ्रमण सफल रहेको पनि बताए ।

उनले आउँदो मङ्सिर ४ गते हुन लागेको संसदीय चुनावमा पर्यवेक्षणका लागि जापानी संसदीय टोलीलाई नेपाल बोलाएको र टोलीले आउने आश्वासन दिएको जानकारी दिए ।

भ्रमणका क्रममा जापानी सरकारी टोली र पार्टीका नेताहरूसँग सूचना प्रविधि, कृषि, पर्यटन, फोहर व्यवस्थापन र जलविद्युतका विषयमा सहकार्य र सहयोग रहने विषयमा कुरा राखेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्