Logo

जावलाखेल खुमलटारसँग पराजित



काठमाडौँ, २२ वैशाख । रोहित सुब्बाको आत्मघाती गोलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल एफसी खुमलटारसँग स्तब्ध बनेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेल खुमलटारसँग ४-२ को गोल अन्तरले पराजित भएको हो ।

खुमलटारको जितमा स्टेफेन बिनोङले ह्याट्रिक गोल गर्दा मेसुके ओलेमाओले एक गोल गरेका थिए ।

जावलाखेलका लागि रोहित सुब्बा र बिपिन कँडेलले १-१ गोल गरे । हारका बाबजुद जावलाखेल शीर्ष स्थानमा कायमै छ । जितसँगै रेलिगेशन जोनको पुछारमा  रहेको खुमलटार ११ औँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्