Logo

जिपको ठक्करबाट बालकको मृत्यु



मकवानपुर, ३ जेठ । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका-११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३-००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्