Logo

जिम्बावेको राष्ट्रपतिमा मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित



जिम्बावे, १० भाद्र । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकालका लागि पुन: निर्वाचित भएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको हो ।

आयोगका अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३/२४ को चुनावमा मनाङ्गाग्वाले अरु १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गरेको बताए ।

मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको चिगुम्बाले बताएका हुन् ।

जिम्बावेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बावेमा गएको बुधवार र बिहीवार मतदान भएको थियो । मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्