काठमाडौँ, १९ वैशाख । जिम्बावे ए विरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाली टिममा एक परपवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा भीम सार्की पहिलो एघारमा खेल्दैछन् ।
पहिलो टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको थियो ।