Logo

जिल्ला अदालत पुगेर धर्ना बस्न खोज्दा उपप्राध्यापक चलाउने पक्राउ



काठमाडौँ, ४ असार । उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत काठमाडौँ परिसरबाट प्रहरी नियन्त्रणमा परेका छन् ।

आफूलाई कुटपिट गर्ने विद्यार्थी नेताविरुद्धको मुद्दा फिर्ता लिएको भन्दै उनी अनसन बस्नका लागि जिल्ला अदालत काठमाडौँमा प्रवेश गरेका थिए ।

त्यहाँ उनले नाराबाजी सुरु गरेपछि पक्राउ गरिएको अदालत सुरक्षामा रहेका प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार उनीसहित ६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्