Logo

जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौँ, ३ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरु स्थगित गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनले बैठक अझै जारी रहेको र पुस ७ गते पुन: बस्ने बताए ।

उनले भने, ‘कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था छ । महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकोले माघ १४ र १५ गते बस्ने एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्