Logo

जिल्ला बाल संजालको वक्तृत्वकलामा कचनकवलकी राजवंशी प्रथम



झापा, २ असोज । शिवसताक्षी नगरपालिकामा भएको अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् ।

५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजनामा भएको “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” विषयक अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकास्थित कचनकवल विद्या मन्दिरमा अध्ययरत खन्जना राजवंशी प्रथम भएकी हुन् ।

त्यस्तै प्रतियोगितामा गौरादह नगरपालिकाको जनता माविमा अध्ययरत लीला खत्रीले द्वितीय स्थान हासिल गरेकी शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।

पतियोगिताको तृतीय स्थानमा बुद्धशान्ति गाउँपालिकाको जेइविएसमा अध्ययरत जिज्ञासा श्रेष्ठ र सान्तवना स्थान दमक नगरपालिकाकी प्राप्ति काफ्ले र हल्दिबारी गाउँपालिकाका विशाल वनले प्राप्त गरेका थिए ।

उनीहरु क्रमश: नगद १० हजार, ८ हजार, ६ हजार र सान्तवना ३-३ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

विजेतालाई र प्रतियोगिहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्याब्सन अध्यक्ष राम सुहाङ्ग लगायत अतिथिहरुले प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा ११ पालिकाका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम जिल्ला बाल सञ्जाल झापाको आायोजना तथा शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा भएको थियो ।

संजालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सन राष्ट्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठ ,बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको संचालन सचिब बिनोद थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्