काठमाडौँ, जेठ २० । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न सबै पालिकाका जनप्रतिनिधिलाई आग्रह गरेको छ ।
आयोगले शुक्रवार विज्ञप्ति निकालेर निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समय अवधिभित्र सम्पन्न गरिसक्नुपर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिलाई आग्रह गरेको हो ।
यथाशीघ्र जिल्ला समन्वय समितिको चुनाव सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगबाट निर्देशन गरिसकिएको आयोगका सहायक प्रवत्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
वैशाख ३० मा भएको पलिका चुनावको परिणामपछि अहिले देशभर गाउँ कार्यपालिका र नगर कार्यपालिकाको चुनाव भइरहेको छ ।