
भोजपुर, २८ जेठ । जिल्ला समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल नै विजयी भएको छ ।
शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली काङ्ग्रेसका कमल थुलुङ र उप-प्रमुखमा माओवादी केन्द्रकी अनिशा खड्का विजयी बनेका हुन् ।
दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बनेका छन् भने रूख चिन्हबाट निर्वाचन लडेकी नेकपा (एकीकृत समाजवादी) बाट राधिका तामाङले सदस्यमा जित हासिल गरेकी छन् ।







