Logo

जिसस कैलालीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी



कैलाली, ३० जेठ । कैलाली जिल्लाको जिल्ला समन्वय समिति गठनका लागि आज भएको निर्वाचनमा सत्ता साझेदार दलका प्रत्यासी विजयी भएका छन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा सत्तासाझेदार दल नेपाली कांग्रेसका पदमबहादुर कलेल १३ मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाएका छन्

त्यस्तै समितिको उपप्रमुखमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का खगराज भुसालले १३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का राजेन्द्र खनालले १२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्