Logo

जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमति घाइते



चितवन, १९ असोज । चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छिन् ।

भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका-५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो ।

टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमति ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्