Logo

जीप दुर्घटना: एक जनाको मृत्यु, तीन जना घाइते



बझाङ, ४ वैशाख । जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१-००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए ।

यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका-११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका-२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के-कति कारणले घटेको हो भन्ने विवरण नखुलेको समेत सूचना अधिकारी चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्