सल्यान, १५ असोज । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सल्यानको कुमाख गाउँपालिका-६ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मनबहादुर पुन रहेका प्रहरीले जानकारी दिएको छ ।






