Logo

जीबी राईलाई गृहमन्त्रीले जोगाउनु भएको छ: महामन्त्री शर्मा



काठमाडौँ, २१ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई गृहमन्त्री रवि लामिछानेले लुकाएको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै बोल्दै सांसद शर्माले सो आरोप लगाएका हुन् । “हामीले पाएको सूचनामा जीबी राई गृहमन्त्रीको सम्पर्कका हुनुहुन्छ । आकाश-पातालमा गएर लुक भनिदिने तर पक्राउ नगर्ने?,” उनले भने ।

प्रतिपक्षमा बस्दा रास्वपा सभापति लामिछानेले बोलेको स्मरण गराउँदै उनले भने, “माघ १६ गते मित्र रवि लामिछाने गृहमन्त्री हुनुहुन्न थियो । प्रतिपक्षमा हुनुहुन्थ्यो । बढो खरो स्वरमा बोल्दै सरकारले जीबी राईलाई पक्रन चाहेन भन्नुभयो ।”

उनले गृह मन्त्रालयमा पुगेपछि लामिछानेको बोली फेरिएको आरोप लगाए । साथै उनले मलेसियामा भएको मान्छेलाई पक्राउ गर्न केले रोक्यो भन्ने प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्