Logo

जी–सेभेनको रक्षा शिखर सम्मेलन नेपल्समा चल्दै, मध्यपूर्वमा बढेको तनाव र युक्रेनमाथिको दबाबबारे छलफल



काठमाडौं, ४ कात्तिक । मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको अवस्थामा जी–सेभेनका रक्षामन्त्रीहरूले वार्ता शुरू गरेका छन् । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षामन्त्रीस्तरीय पहिलो बैठक दक्षिणी शहर नेपल्समा आयोजना गरेको हो ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेट्टोले अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई ख्याल गरेर शिखर सम्मेलनका लागि अनुरोध गरेको बताउँदै सम्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्वबारे छलफल गर्न पर्याप्त स्थान दिइने बताउनुभयो । युक्रेनको युद्ध, अफ्रिकाको विकास र सुरक्षा तथा एशिया–प्रशान्त क्षेत्रको अवस्था पनि एजेन्डामा रहेको छ ।

इजरायलले सन् २०२३ को अक्टोबर ७ मा गाजामा भएको विनाशकारी जवाफी युद्धका मुख्य योजनाकार हमासका प्रमुख याह्या सिनवारलाई मारेको घोषणा गरेको दुई दिनपछि बैठक हुन लागेको हो ।

जाडोयाममा रुसी सेनाहरू युक्रेनको राजधानी किभ प्रवेश गर्न सक्ने र अमेरिकामा अर्को महिना हुने चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएमा अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाबारे पनि बैठकमा छलफल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्