Logo

जुनकीरीको नवनिर्मित भवन उपसभामुखबाट उद्घाटन



काठमाडौं, ३० मंसिर । जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ को नवनिर्मित भवनको आज एक समारोह बिच उद्घाटन गरिएको छ । कार्यक्रममा प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगरले बिधिवत रूपमा भवनको उदघाटन गर्नु भएको हो ।

बिद्यालय मर्ज गरेर संख्या वृद्धि गर्नु भन्दा सानो संख्यामा रहेका बिद्यालयहरुमा रहेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु राम्रो हुने मगरले बताउनु भयो ।

अर्जुनधारा नगरपालिकाको आर्थिक बर्ष ०७८/७९ को बजेटबाट निर्माण भएको दुई तले ४ कोठे भवन सम्पन्न भएको हो । कक्षा नर्सरी देखि ५ सम्म स्थानीय समुदायका बालबालिका र बन्दी सहायता नेपालद्वारा संचालित मनमाया, गंगा आमा, जगल गार्डेन ब्वाइज बालगृहमा कारागारमा रहेका आमा बुबासग आस्रित बालबालिकाहरु सहित १०० भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छ्न ।

कार्यक्रममा मलेसियन दाता चोङ्ग लिङ्ग एन जिले प्रत्येक बर्षझै यस वर्ष पनि बिद्यालय एवम् बालगृहमा १० थान ब्लाङ्गकेट, १५ बोरा चामल, ३ बोरा दाल, १० कार्टुन खानेतेल, ३ बोरा आलु, ३ बोरा चेना मटर लगायत सामग्री बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष एवम् पुर्वान्चल शाखा अध्यक्ष जगत बहादुर मगरलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि अर्जुनधारा नगरपालिका ११ का वडा अध्यक्ष खगेन्द्र इङ्गनाम, शिक्षासेबि हस्त परियार, महारानीगन्ज मा बिका अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक मन बहादुर लिम्बु, जनप्रतिनिधि सुशीला गिरी, पुर्ण बहादुर राई गङ्गा प्रसाद मैनाली, वीर बहादुर राइ, सामाजिक अभियान्त गणेश ढुंगाना, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष मगरको अध्यक्षतामा संचालीत कार्यक्रममा स्वागत शिक्षक सुरेखा योङ्गयाङ्गर संचालन प्रधानाध्यापक रन्जित परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्