काठमाडौँ, १९ असार । अघिल्लो अङ्ग्रेजी महिना अर्थात् सन् २०२२ को जुन महिनामा नेपालमा झन्डै ४६ हजार जना भन्दा बढी पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार नौ सय ५७ जना पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै भारतबाट २३ हजार दुई सय ४८ जना पर्यटक आएका छन् । समग्रमा दक्षिण एसियाबाट २६ हजार ३० जना, सार्कबाहेक एसियाका अन्य देशबाट दुई हजार तीन सय ६९ जना पर्यटक नेपाल आएका छन् ।
यस्तै युरोपका देशबाट चार हजार सात सय ८७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार पाँच सय ४९, अमेरिका र क्यानडाबाट आठ हजार नौ सय ८० जना र अन्य देशबाट तीन हजार दुई सय ४२ जना पर्यटक नेपाल आएका छन् ।