Logo

जुन विषयमा सहमति जुटेको छैन, त्यसलाई फेरि सहमति गरौँला: गृहमन्त्री



काठमाडौँ, १२ साउन । गृहमन्त्री बालकृष्ण खाणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागकिरता पाउन नसकेकाले उनीहरुलाई नागरिक बनाउन विधेयक ल्याइएको बताएका छन् ।

सबैले नागरिकता पाउन् र कुनै पनि गैरनागरिकले नागरिकता नपाओस् भन्ने चासो सबैको रहेको र सरकारको ध्यान पनि त्यसैमा रहेको उनले बताए ।

राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यसपटकको विधेयकमा सत्तासिन दल र प्रतिपक्षी दलसँग बारम्बार छलफल गरेर नै विधेयक अघि बढाइएको प्रष्ट्याएका हुन् ।

नागकिरता नपाएकाहरुमा बढी निराशा रहेको र आफ्नै भूमिमा असहज अवस्थामा बस्नु परेकाले उनीहरुलाई कसरी नेपाली नागरिक बनाउने भन्ने चाहनाअनुसार विधेयक ल्याइएको उनले बताए ।

“यसमा सबैको सहमति छ, सहमति भएकालाई अघि बढाऔँ, जुन विषयमा सहमति जुट्न सकेको छैन, त्यसलाई फेरि सहमति गरौँ”, जवाफका क्रममा गृहमन्त्री खाणले भने । पहिलो विधेयक आउँदा वैवाहिक अङ्गीकृतको विषयमा नआएको तर समितिको छलफलपछि मात्रै आएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्