Logo

जुम्लामा जिप दुर्घटना: चालक र सहचालककाे मृत्यु



जुम्ला, १७ भदौ । जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिका-४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

नाग्म-मुगु सडकखण्डको कनकासुन्दरी-४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा चालक मुगुको छायांनाथ रारा नगरपालिका-५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको प्रहरी नावय उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्