Logo

जुम्लामा जीप दुर्घटना: एक जनाको मृत्यु, १४ जना घाइते



जुम्ला, २ माघ । जुम्लामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

जुम्ला सदरमुकामबाट पातारासीको लासीका लागि छुटेको ग १ ज ४०३५ नम्बरको जीप कोटभिरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा पातारासी गाउँपालिका-१ का छोदेन लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवम् प्रहरी नायब निरीक्षक यमबहादुर बुढाले बताए ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्