Logo

जुवातास खेलिरहेको अवस्थामा सात महिलासहित १६ जना पक्राउ



काठमाडौँ, २६ कात्तिक । ललितपुर महानगरपालिका-१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ ।

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका-३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्