झापा, ९ पुस । झापाको शिवसताक्षीमा मृत अवस्थामा फेला परेका पदमलाल बाँस्तोलाको हत्या गरेको आरोपमा नरमाया बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेको नरमाया बाँस्तोला मृतकको आफ्नै भाई बुहारी हुन् । बाँस्तोला कनकाई-४ स्थित इलुवाबारीमा भाईबुहारीको घर बस्दै आएका थिए । डिप्रेशनको विमारी उनी उपचारका लागि आसामबाट भाइबुहारीको घर आएका थिए । विरामी जेठाजुसहित बुहारी नरमाया काँस काट्न बुधबार कनकाई माई किनार गएका थिए । बुधबार बुहारी एक्लै घर फर्किएकी थिइन् ।
सोही दिनदेखि परिवारले नै सम्पर्कविहीन भएको भन्दै खोजीकार्य सुरु गरेको थियो । खोजीकै क्रममा स्थानीयले बिहीबार शिबसताक्षी नगरपालिका वडा नं. १० टेक्रा स्थित माईखोलाको पुर्व साईडको बगरको डिल कासघाँरीमा शव फेला परेपछि प्रहरीले बाँस्तोला परिवारलाई बोलाई शवको पहिचान गरेको थियो ।
आरोपित रनमायालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






