काठमाडौं, ८ पुष । जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार लेखकलाई आज मंगलबार बयानका लागि पत्र काटिएको हो। आयोगले जेन–जी आन्दोलनका क्रममा भएका घटनाहरूमा गृह मन्त्रालयको भूमिकाबारे स्पष्ट पार्न बयान लिन खोजेको जनाएको छ।
यद्यपि, तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने हाललाई आयोगले बयानका लागि पत्र नपठाएको अध्यक्ष कार्कीले जानकारी दिए।
आयोगले आन्दोलनका क्रममा भएका निर्णय, सुरक्षा व्यवस्थापन तथा त्यसबाट उत्पन्न परिस्थितिको समग्र छानबिन गरिरहेको छ। आवश्यकताअनुसार अन्य पूर्व तथा वर्तमान पदाधिकारीलाई पनि बोलाउने तयारी रहेको आयोगको भनाइ छ।







