
प्रहरीको व्यवहार समान हुनु पर्छ, गोरा कालालाई फरक होईन । हिजो आज अमेरिकामा जातिय विभेदको बिरूद्धमा जनता संघर्षरत छन् । त्यही अमेरिकाका तेस्रो राष्ट्रपति थोमस् जेफर्सन किसान मजदुरका प्रवल समर्थक थिए ।
भर्जिनिया प्रान्तको शेडवेलमा १३ अफ्रिल १८४७ मा साधारण किसान परिवारमा जन्मिएका थोमस् जेफर्सन अमेरिकालाई आदर्श कृषि मूलक देश बनाउन चाहन्थे । राष्ट्रपति हुनुपूर्व साधरण कृषकका रुपमा रहेका उनी राष्ट्रपति भएपछि पनि दिनचार्य, भेषभुषा साधारण किसान कै रुपमा रहें ।
एकदिन उनलाई ठूला होटलले किसानलाई कस्तो व्यवहार गर्दछन् भन्ने जान्न मन लाग्यो । एक दिन साँझ सुटुक्क एउटा ठूलो होटलमा पुगे । साधारण किसानको भेषमा होटलमा पुगेका जेफर्सनले मालिकलाई नमस्कार गर्दै एउटा कोठा एक रातको लागि मागे । होटल मालिकले राष्ट्रपति भनेर चिन्न सकेनन् । साधारण किसानलाई कोठा दिन अस्वीकार गरे । पैसा दिएर पनि आफ्नो देशमा किसान एक रात होटलमा बस्न नपाउने रहेछ भनेर उनी त्यहाँ बाट हिँडे ।
होटल मालिकले चिनेनन् तर परबाट एक जनाले हेरिरहेका थिए । राष्ट्रपति गएपछि ती मानिसले होटल मालिकलाई भने, तपाईंको राष्ट्रपतिसँग राम्रो सम्बन्ध रहेछ । कहिलेदेखि चिनजान हो कि आफन्त हो ? राष्ट्रपति थोमस् जेफर्सन तपाईलाई नमस्कार गर्दै हुनुहुन्थ्यो ?होटल मालिकले को राष्ट्रपति ? सोध्यो ।

मभन्दा अगाडी जानु हुने उहाँ अमेरिकन राष्ट्रपति थोमस् हो । राष्ट्रपति थोमस् गई सकेका थिए । होटल मालिकले आफुलाई धिक्कार्नसम्म धिक्कार्यो । धन कमाउन मात्र लागेको द्रव्य पिचासको रुपमा आफुलाई तुलना गरे । र, पनि उसको चित्त वुझेन । ग्राहकलाई सोध्यो साधारण किसान कसरी राष्ट्रपति ? ग्राहकले भने उहाँ एक साधारण किसान को छोरो हो ! साधारण किसान कै रुपमा रहनु भएको छ ।
होटल मालिकले ठूलो प्रयत्नबाट राष्ट्रपतिलाई भेटी माफ माग्दै होटलमा सित्तैमा बस्न अनुरोध गरो । तर, राष्ट्रपति थोमस् जेफर्सनले पद र पैसा वालालाई मात्रै राख्न सक्ने तिम्रो होटलमा म साधारण किसान बस्न सक्तिनँ भनेर बाटो लागे । ति आदर्श पुरुषको देश अमेरिका हिजो आज कता जाँदैछ ? (यो सामग्री रेग्मीको फेसबुक वालबाट लिइएको हो)