Logo

जोत्नेलाई भूमि दिएमात्र भूमिसुधार हुन्छ: सुवाल



काठमाडौँ, १ असोज । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै कतिपय अवस्थामा संसद्लाई दुरुपयोग गरिएको समेत आरोप लगाएका छन् ।

उनले मुलुकमा डेङ्गु रोगका कारण जनता पीडामा परिरहेको तर त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको भनाइ राखेका थिए ।

उनले मुलुकमा भूमि नहुनेलाई भूमि दिएमात्र भूमिसुधार हुने उल्लेख गर्दै भने, “जोत्नेलाई भूमि दिएमात्र भूमिसुधार हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्