बेलायत, २३ असार । संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन् ।
श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले बिहीबार सबैलाई शान्त र एकतावद्ध बनेर अघि बढ्न आह्वान गरेका छन् ।
अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ ।