काठमाडौँ, १९ साउन । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरेका छन् ।
ज्ञानेन्द्रले शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
ज्ञानेन्द्रले आजको दिन देखिनै लागू हुने गरि सन्यास लिएका छन् । ज्ञानेन्द्रले सबै क्रिकेट करिअरबाट सन्यास लिएका हुन् । घरेलु क्रिकेट पनि नखेल्ने जनाएका छन् ।
सन् २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेलेका थिए । नेपाली क्रिकेट इतिहासका एक सफल टक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् ।
ज्ञानेन्द्र पछिल्लो समय टोलीमा कम मौका पाउँदै आएका थिए । लगातार कमजोर प्रदर्शनपछि ज्ञानेन्द्रले सन्यास लिने निर्णय लिएका हुन् ।