Logo

ज्ञानेन्द्र शाहीको जिकिर-‘आज राप्रपाको शक्ति प्रदर्शन होइन, सिंहदरवारभित्र ढ्याङ्ग्रो ठोकेका हौँ’



काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरवारभित्रै प्रदर्शन गरेको बताउनु भएको छ।

निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) सिंहदरवारबाट पक्राउ परेका शाहीलगायतका नेता साँझ रिहा भएका छन्। रिहा भएपछि उहाले यस्तो बताउनुभएके हो ।

‘आज राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौँ । आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरवारभित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ,’ शाहीले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्