Logo

झापाका किसानद्वारा कुखुरा र अण्डा सडकमा फालेर प्रदर्शन



बिर्तामोड, २४ माघ । झापाका कुखुरापालक किसानहरूले जिउँदो कुखुरा तथा अण्डा सडकमा फालेर बिरोध जनाएका छन् ।

उत्पादित बस्तुको उचित मूल्य नपाएको भन्दै अण्डा र कुखुरा बिर्तामोडको मुक्तिचोकमा फ्याँकेर बिरोध गरेका हुन् ।

सरकारले बजार व्यवस्थापन नगरिदिँदा उचित मूल्य नपाएको तथा कुखुरा बिक्री नभएको भन्दै बाध्य भएर कुखुरा सडकमा फाल्नु परेको उनीहरूको भनाइ छ ।

सरकारले किसानहरुको समस्याप्रति चासो नदेखाए पछि यो आन्दोलन गरिएको किसानहरुले बताएका छन् । व्यानर तथा प्लेकार्डसहित निस्केको कुखुरापालक किसानको र्यालीले बिर्तामोडमा प्रदर्शन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्