झापा, ३१ वैशाख । झापाका पाँच पालिकामा मतगणना जारी रहेको छ ।
बिहान २ बजेसम्म जिल्लाको कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी र दमकमा मात्र मतगणना शुरु भएको थियो । अन्य पालिकाले मतगणनाको तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापामा शुक्रबार २ लाख १७ हजार ४०५ पुरुष र २ लाख ३८ हजार ७१ महिला गरी कूल ४ लाख ५५ हजार ४७६ जनाले मतदान गरेका थिए ।