झापा, २० साउन । झापाका साप्ताहिक पत्रकारहरु संगठित भएका छन् ।
शनिबार मेचीनगर-९ स्थित खुट्टीडाँगी वन सिमसार क्षेत्रमा सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् ।
त्यस्तै समितिको सदस्यमा दिपक अधिकारी, विष्णु पौडेल, डम्बर बराल, सेलिङ केसी, लीला राई, तीर्थ तिम्सिना र इशा प्रधान रहेका छन् ।
झापामा २४ वटा साप्ताहिक पत्रिका नियमित रुपमा प्रकाशन हुँदै आएका छन् । भेलाले साप्ताहिक पत्रिकालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै, साप्ताहिक पत्रिकालाई सञ्चालन गर्न विधान मस्यौदा समिति बनाई काम अगाडि बढाउने निर्णय भएको छ ।
नवनिर्वाचित अध्यक्ष राजु पाठक संयोजक रहेको मस्यौदा समितिको सदस्यमा राजबाबु शंकर, रेजिना गौतम, इन्दु पूर्वेली र लेखनाथ शिवाकोटी रहेका छन् ।
अग्रज पत्रकार लेखनाथ शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलामा साप्ताहिक पत्रिकाको अवस्था, चुनौती र सम्भावनाका विषयमा सहभागीले सुझाव राखेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन झुलन रेग्मीले गरेका थिए ।







