Logo

झापाको अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु



झापा, २ कार्तिक । झापाको अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका ६ का सवनम मस्कराका २ वर्षीयछोरा शिवम् मस्कराको गए राती फलामको गेटले किचेर मृत्यु भएको हो । सोही ठाउँमा रहेको मामाघर ऋषि अग्रवालकोबाट आमा श्रेया अग्रवालसंग घर आउने क्रममा फलामको गेट खेल्दा उक्त गेट पल्टिएर बालकलाई किचेको थियो ।

घाइते बालकलाई बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएकोमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्