Logo

झापाको कचनकवलमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु



झापा, १७ पुस । झापाको कचनकवलमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ निवासी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो १२ बजेको समयमा कचनकवल- ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा १५/२० महिलाहरू घाँस, दाउरा काट्न गएकी थिइन् ।

सोही क्रममा एउटा हात्तीले राजवंशीलाई लखेटेको थियो । लखेट्दा उनी जंगलमा हराएपछि उनीसँगै गएका अन्य महिलाहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय बनियानीले खोज्ने क्रममा दिउँसो ४:४० बजे उनलाई घाइते अवस्थामा उद्वार गरी

ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याएकी थिइन । त्यहाबाट थप उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगेको र उनको उपचारको क्रममा ५स:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्