Logo

झापाको कचनकवलमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु



झापा, ९ चैत । कचनकवल गाउँपालिका-४ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राति बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सिटी गाडी एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा ५० वर्षीय मोटरसाइकल चालक शुकदेव गणेश गम्भीर घाइते भएका थिए।

घाइते गणेशलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनामा संलग्न सिटी चालक १९ वर्षीय सैजन मियाँलाई नियन्त्रणमा लिएको छ। सवारी साधनसमेत नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्