Logo

झापाको कन्काईमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु



झापा, २५ कात्तिक । झापाको कन्काई नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।

कन्काई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा गएराति सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८प५०६३ न.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५प ४२१० न.को मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५०६३ न.को मोटरसाइकल चालक कन्काई ३ बस्ने ३३ वर्षीय दिपक सिटौलाको मृत्यु भएको छ। टाउकोमा चोट लागेर घाइते सिटौलालाई बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भइसकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्