Logo

झापाको कृष्णे खोलाले बगाउँदा एक बालकको मृत्यु



झापा, १० असार । झापाको कृष्णे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका- १ रतनचौन निवासी मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहान अन्दाजी ७ः३० बजे कृष्णे खोलाको बगरमा शेर्पाको शव फेला परेको थियो ।

उनी दुई दिनअघि कोही कसैलाई जानकारी नगराई घरबाट आफूखुसी हिँडेर बेपत्ता भएका थिए । घर नआएपछि उनलाई आफन्तजनले खोजतलास गरिरहेका थिए । छोरा फेला नपरेपछि उनका बुबाले सोमबार प्रहरी चौकी तोपगाछीमा हुलियासहितको निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्