झापा, १० साउन । झापाको दमकमा यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ६ः४५ बजे दमक– ४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश न.१–०१–००१ ख ४३६३ नम्बरको बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकल यात्री दमक-४ बस्ने ६० वर्षीय सोमबहादुर बिकलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते विकलाई उपचारको लागि दमक अस्पताल पठाइएकोमा ७;३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बस, साइकल र बस चालक मकवानपुर हेटौडा-७ बस्ने ४७ वर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।