काठमाडौं, ११ साउन । झापाको दमकमा हात्तीको आक्रमणबाट दुई महिला घाइते भएका छन् ।
दमक नगरपालिका– १ बरगाछीस्थित भित्री सडकखण्डमा आज बिहान मर्निङ वाकमा रहेका दमक १ बस्ने प्रदिपकुमार राईकी श्रीमती ४७ वर्षीया सुनिता राई र सोही ठाउँ बस्ने सुरेश राईकी श्रीमती ४२ वर्षीया कविता राईलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
घाइते दुबै जनालाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।