झापा, २३ भदौ । जिल्ला प्रशासन कार्यालय, झापाले आज राति ८:३० बजेदेखि भोलि बिहान १०:०० बजेसम्म विर्तामोड नगरपालिकाका चार किल्ला तोकी सो सीमाभित्र कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जारी गरेको आदेशअनुसार कर्फ्यु लागेको समयमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, भेला र धर्ना गर्न निषेध गरिएको छ।