झापा, २४ पुस । झापाको बिर्तामोडमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
बिर्तामोड ५ को जात्रुवारीमा नवजात शिशु मृत फेला परेको हो । आज दिउँसो जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु घोप्टो परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।
त्यसबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले बताउनुभयो ।