Logo

झापाको बुट्टाबारीमा यात्रुबाहक बस दुर्घटना : ३ जनाको मृत्यु



झापा, १६ असोज । झापाको बुट्टाबारीमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको ।

बिर्तामोड ६ स्थित बुट्टाबारीमा आज बिहान ९:३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल्तिर पल्टदा त्यसमा सवारमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य दुईजनाको अस्पताल लाँदै गर्दा मृत्यु भएको बताइएको छ । अन्दाजी ४५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएकाले प्रहरी र स्थानीयले उद्धार गरि नजिकको अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्