झापा, ४ भदौ । झापाको मेचीनगरमा बुवाले धारिलो हतियार प्रहार गर्दा छोरा घाइते भएका छन् ।
मंगलबार साँझ ७ बजेको समयमा खाना खाने विषयलाई लिएर विवाद हुदा मेचीनगर नगरपालिका ३ दोकानडाँडा बस्ने ५७ वर्षीय पुण्यप्रसाद दाहालले आफ्ना छोरा बर्ष ३० का डिल्लीराम दाहाललाई टाउकोमा धारिलो हतियार दाउ प्रहार गरेका हुन् ।
विवादका क्रममा पुण्यप्रसादले एक्कासी टाउकोको पछाडी भागमा दाउ प्रहार गर्दा चोट लागेर घाइते भएका डिल्लीरामलाई उपचारको लागि दोकानडाँडा लगिएको र घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
धारिलो हतियार प्रहार गर्ने पुण्यप्रसादलाई अस्थाई प्रहरी चौकी भृकुटीबाट खटिएको टोलीले हतियारसहित नियन्त्रण लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।