झापा, १४ कात्तिक । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले झापाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिर्तामोडमा सम्पन्न समाजको चौथो अधिवेशनबाट निर्वाचित भएपछि सुरुङ्गामा रोटरी क्लव अफले आयोजना गरेको शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष ढुङ्गानाले समाजले झापाका सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्म ८० जना विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिँदै आएको बताए । उनले अन्य विद्यार्थीलाई समेत उच्च तह अध्ययनको व्यावस्था मिलाइने जानकारी दिए । समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक करोडको अक्षयकोषको स्थापना गरेको छ ।
अध्यक्ष ढुङ्गानाले कनकाई नगर अस्पताललगायतका स्वास्थ्य संस्थामा डाइलेसिस मेशिन साझेदारीमा स्थापना गर्न सकिने बताए । उनले अमेरिकामा बस्ने चिकित्सकसँगको सहकार्यका लागि काम गर्न सकिने बताए । ढुङ्गानाले झापाका विद्यालय र क्षेत्रमा शिक्षासग सम्वन्धित लाईब्रेरीको स्थापना, शववाहन खरिद लगायातका क्षेत्रमा काम गर्न इच्छुक रहेको बताए । धनुषकोटीधाम पिकनिक स्पोर्टमा महिला शौचालय निर्माण थालनि प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, रोटरी क्लव सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, जामुनवारी सामुदायिक वन, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसिजका अध्यक्ष प्रविन तिम्सिना, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहोरा, युवा व्यावसायी कमल कट्टेल, शिक्षासेवी अखिल कोइराला, टीका जम्मर कट्टेल, ख्याम प्रसाई लगायातले झापाको कनकाई नगरपालिका देशमै बन्द निषेधित नगर भएकोले अन्तर्राष्ट्रिय झापाली समाजले उद्योगको स्थापना र सोजगारी सिर्जना गर्न जोड दिनु पर्ने बताए । अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नविन पोखरेलले समाजका गतिविधिका वारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लव सुरुङ्गाकी सचिव विनिता मैनालीले गरेकी थिइन् भने रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेलले अध्यक्षता गरेका थिए ।






