Logo

झापाको हल्दिबारीमा सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु



झापा, २९ फागुन । झापाको हल्दिबारीमा गए राति आएको हुरीका कारण रुख लड्दा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार उनी आफ्नै घरमा सुतिरहेको अवस्थामा रुख लडेर किच्दा मृत्यु भएको हो।

हुरीका कारण रुख ढलेपछि घरमा क्षति पुगेको र त्यसै क्रममा किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्